लफ्याङमा क्रिकेट मैदान
लफ्याङमा जिल्लाकै पहिलो क्रिकेट मैदान बन्दै
Lokmani Rijal
देश पोष्ट /खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा जिल्लाकै पहिलो क्रिकेट खेल मैदान निर्माणको काम शुरु गरिएको छ । लफ्याङको काफ्लेगाउँमा आठ रोपनी जग्गा व्यवस्थापन गरेर कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय बाट प्राप्त रु आठ लाख बजेटबाट ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम शुरु गरिएको सङ्घका अध्यक्ष रूपन राईले जानकारी दिनुभएको छ । पछिल्लो समय क्रिकेट खेलप्रति खेलाडी र खेलप्रेमीहरुको आकर्षण बढ्दै गएकाले क्रिकेटको प्रवद्र्धन गर्ने र ग्रामीण क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेलमैदान निर्माण शुरु गरिएको अध्यक्ष राइको भनाई रहेको छ । निर्माणाधीन क्रिकेट खेलमैदानको
















