लाखेको मूर्ति
ऐसेलुखर्कमा लाखेको मूर्ति अनावरण, पिङडाँडालाई ‘लाखे चोक’ नामाकरण
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा नेवार समूदायलाई प्रतिनिधित्व गर्नेगरी १६३ वर्षअघि निर्माण गरिएको लाखेको मुकुट लाई आधार बनाएर निर्माण गरिएको लाखेको मूर्ति अनावरण गरिएको छ । वि.सं. १९१८ सालमा घरेलु औजार प्रयोग गरेर बनाइएको लाखेको ऐतिहासिक मुकुटको सम्मान र सम्झनामा सोही मुकुट चित्रण गरेर निर्माण गरिएको लाखेको मूर्ति पुरानो पिङडाँडामा राखी उक्त ठाँउलाई लाखे चौक नामाकरण समेत गरिएको छ । ऐसेलुखर्क गाउँपालिकाको रु १६ लाख अनुदान सरहयोगमा ढलौट प्रयोग गरेर लाखेको मूर्ति निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो
















