लाखे नाच
शनिबार दिक्तेलबजार लाखेमय !
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा शनिबार दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा बृहत् लाखे नाच प्रदर्शन सम्पन्न भएको छ । बृहत् लाखे नाच प्रदर्शनीमा दिक्तेल, सोल्मा, खाल्ले, बुइपा, खार्मी, राजापानी लगायतका ठाउँहरुमा बसोबास गर्ने नेवार समुदायबाट आएका लाखे टोलीले नाच प्रदर्शन गरेको आयोजकले जनाएको छ । दिक्तेलबजारको किरातचोकबाट शुरु भएको बृहत लाखे नाच प्रदर्शन कार्यक्रम रत्नपार्क, बेसक्याम्प, त्रिवेणीचोक, शङ्खधर साख्वाचोक हुँदै हाटडाँडा पु¥याएर समापन गरिएको छ । नेवारी भेषभुषामा सजिएर विभिन्न ठाउँबाट आएका नेवार समुदायको बृहत् लाखे नाच प्रदर्शनी कार्यक्रममा गैरनेवार समुदायको पनि उल्लेख्य सहभागिता थियो । लाखेजात्राको अवसरमा आपसी
















