लामो रस्साकस्सीपछि गभर्नर नियुक्ति
डेढ महिना लामो रस्साकस्सीपछि गभर्नर नियुक्ति, सेलायो सरकार ढल्ने चर्चा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेपाल राष्ट्र बैंकको गभर्नर का लागि करिव डेढ महिना लामो रस्साकस्सीपछि डा. विश्व पौडेललाई नियुक्त गरेपछी सरकार ढल्ने चर्चा सेलाएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर पदका लागि लामो समयसम्म विवाद चल्यो, जसले सरकार भत्किने हल्ला समेत फैलायो । प्रधानमन्त्री र कांग्रेस सभापतिको छलफलपछि पौडेललाई गभर्नर बनाउने सहमति जुटेपछी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । पछिल्लो पटक जेठ ५ गते सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली
















