लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । यतिबेला देशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई भू–भागमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशको हिमाली र पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र कोशी प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहनेछ । आज देशका हिमाली भू–भागका केही स्थान र पहाडी भू–भागका
















