वडाध्यक्ष बिष्टमाथि भाला प्रहार
दाङको राजपुर गाउँपालिका ५ का वडाध्यक्ष बिष्टमाथि भाला प्रहार
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । दाङ जिल्ला स्थीत राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको खबर प्राप्त भएको छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको अध्यक्ष बिष्टको स्वास्थ्य अवस्था गम्भिर रहेको लमही अस्पतालले जनाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४ः३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जानकारी
















