वाईसिएल नगर कमिटी
रम्तेलको अध्यक्षतामा वाईसिएल नगर कमिटी निर्माण
Lokmani Rijal
देश पोष्ट /खोटाङ । नेकपा माओबादी केन्द्र खोटाङको भातृ संगठन (वाईसिएल) दिक्तेल रुपाकोट मझुवागढीको दोश्रो नगर सम्मेलनबाट लेखबहादुर रम्तेल अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । दिक्तेलमा वैशाख–१२ गते सम्पन्न सम्मेलनबाट ३१ सदस्यीय नगर कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन भएको हो । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा सम्पन्न सम्मेलनमा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुवोधराज सेर्पाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई, केन्द्रीय सदस्यहरु समिति कार्की ‘अस्मिता’,
















