वाईसियल र अखिल क्रान्तिकारी
वाईसियल र अखिल क्रान्तिकारी खोटाङले युवामैत्री बजेट ल्याउन दबाबका कार्यक्रम सार्वजनिक
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्ला स्थीत नेकपा (माओवादी केन्द्र) निकट वाईसियल र अखिल क्रान्तिकारीले युवामैत्री बजेट बनाउन स्थानीय सरकारलाई दबाब दिने निर्णयका साथ दबाबका कार्यक्रम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । वाईसियल र अखिल क्रान्तिकारीको बुधबार सम्पन्न प्रशिक्षण तथा बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्लाका दशवटै स्थानीय तहमा दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । दबाबमूलक कार्यक्रमका लागि दशवटै स्थानीय तहमा जिम्मेवारीसमेत बाँडफाँड गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । वाईसिएलले केपिलासगढी गाउँपालिकामा शुभलाल राई ‘आदेश’ र दीपेश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शरद राई र धनन्जय राई, साकेला गाउँपालिकामा
















