विदेशी विद्यार्थी भर्ना रोक्न ट्रम्पको चेतावनी
हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना रोक्न ट्रम्पको चेतावनी
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी सरकारले ह्वाइट हाउसका मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले हार्भड विश्वविद्यालयका लागि सङ्घीय सरकारले दिने २ अर्ब डलरभन्दा बढी रकम रोक्का गरेकोमा अहिले फेरि विदेशी विद्यार्थी भर्ना रोक्न धम्की दिएको बीबीसीले जनाएको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र यहूदी विरोधी भावनाको शिकार भएको आरोप लगाउनुभएको छ । गएको हप्ता ह्वाइट हाउसले यहुदीविरोधी भावना नियन्त्रण गर्नका लागि भन्दै हार्भर्डलाई मागहरूको सूची पठाएको थियो । ट्रम्प प्रशासनले विश्वविद्यालयको सञ्चालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न
















