विद्युत् तथा ग्यास शुल्कमा अनुदान
जापानमा विद्युत् तथा ग्यास शुल्कमा अनुदान दिनेबारे बहस
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा दैनिक उपभोग्य सामग्रीहरुमा निरन्तर महँगी बढेसंगै नियन्त्रणका लागि ग्यास तथा विद्युतमा अनुदान दिनेबारे छलफल भएरहेको सरकारी माध्यमहरुले जानकारी दिएकाछन् । जापानका सत्तारूढ दलहरू – लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र कोमेतो पार्टीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत ग्यासोलिन मूल्य घटाउने मात्र नभई, विद्युत् तथा ग्यास शुल्कमा पुनः अनुदान दिने तयारी गरिरहेको जानकारी प्राप्त भएको हो । एलडीपीका एक शीर्ष नेताले १५ तारिख राति हालको संसद् अधिवेशनमा नयाँ पूरक बजेट आवश्यक नरहेको धारणा व्यक्त गरेकाछन् । एलडीपी र कोमेतो पार्टीका महासचिवहरूबीच १५ तारिख भएको छलफलमा, जुन महिनादेखि
















