विनियोजन विधेयक
विनियोजन विधेयक, २०८२ आज पारित गरिने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । विनियोजन विधेयक, २०८२ आज प्रतिनिधिसभाको बैठकबाट पारित गरिने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि तालिका छ । बैठक अघी श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको
















