“विनेसाम” जापान शाखाको आयोजनामा दुई कृति लोकार्पण
“विनेसाम” जापान शाखाको आयोजनामा दुई कृति लोकार्पण सँगै स्रष्टाद्वयका विशेष गजल वाचन
Lokmani Rijal
देश पोष्ट /जापान । विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा दुई कृति लोकार्पण सँगै स्रष्टाद्वयका विशेष गजल वाचन सम्पन्न भएको छ । लेखक विश्लेषक तथा समाजवादी दर्शनका अध्येता विश्वभक्त दुलाल आहुतिको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम बिरही राईको बारुदले कोरेका अक्षरहरू प्रवास लोकार्पण सँगै खुल्ला रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । टोकियो स्थित पलेंटी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, साहित्य चौतारी
















