विपदजन्य घटना
विभिन्न जिल्लामा हिजो ४४ वटा विपदजन्य घटना ,१४ जनाको ज्यान गयो, दुई बेपत्ता ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । देशका धेरै ठाउँमा आएको बाढी ,पहिरो, चट्याङका कारण ४४ वटा विपदजन्य घटना घट्नुका साथै हिजै मात्र १४ जनाको ज्यान गएको र २ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै अछामको मंगलसेनमा ८७ दशमलव ६ मिलिमिटर पानी परेको छ । मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै सुनसरीको सुनसरी खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको बाढी
















