विपिन जोशीको रिहाइ
विपिन जोशीको रिहाइको सहजीकरण गर्न राजदुत पौडेलद्धारा कतारसँग आग्रह
Lokmani Rijal
देश पोष्ट /जापान । सन् २०२३ अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहको अपहरणमा परेका विपिन जोशीको शकुसल रिहाइको सहजीकरण गर्न कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले कतारसँग आग्रह गरेको जानकारी प्राप्त भएको छ । कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आइतबार भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले खेलेको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हुन् । दोहास्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमण क्रममा भएका सहमति तथा समझदारी कार्यान्वयनमा जोड
















