विश्वकर्मा पूजा
हिन्दु परम्परा अनुसार आज विश्वकर्मा पूजा धुमधाम संग मनाइदैं
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । हिन्दु परम्परा अनुसार आज विश्वकर्माको पूजा आराधना गरी नेपाल लगाएत भारत र अन्य देशहरुमा धुमधाम संग मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद
















