वेलायतमा सम्पन्न स्थानीय निर्वाचन
वेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा रिफर्म यूकेको फराकिलो जित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बेलायतका तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका १३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि बिहिबार सम्पन्न निर्वाचन परिणामले नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले बलियो अग्रता बनाएको छ । शुक्रबार मध्यरातसम्मको नतिजाअनुसार रिफर्म यूकेले १४२८ सिट जितेको छ । सत्तारुढ लेबर पार्टी ९५५ सिटमा खुम्चिएको छ भने लिब्डेमले ८३२, कन्जरभेटिभले ७७३ र ग्रीन पार्टीले ५०८ सिट जितेका बीबीसीले जनाएको छ । रिफर्म यूके संयुक्त अधिराज्यको एक दक्षिणपन्थी लोकप्रियतावादी र अति–दक्षिणपन्थी राजनीतिक दल हो जुन आप्रवासीहरुप्रति निकै अनुदार मानिन्छ । मतगणना अझै जारी छ । नतिजाले प्रधानमन्त्री
















