शिक्षक महासंघ
नानुमाया पराजुलीको नेतृत्वमा शिक्षक महासंघको वार्ता टोली बन्यो आज वार्ता हुने
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरूको २० चैतदेखि काठमाडौंमा जारी आन्दोलन वार्ताद्धारा टुङ्ग्याउन नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोली बनाएको छ । नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको जानकारी प्राप्त भएको छ । शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाएपछी वार्ता टोली बनाएर आज बिहीबारको लागि वार्ता हुने तय भए पनि कुन समयमा गर्ने भन्ने एकिन नभएकाले शिक्षा सचिवसँग छलफल गरेर तय गरिने वार्ता टोलीको संयोजक पराजुलीको भनाई रहेको छ
















