शिन्जो आबेको हत्या पछि ‘लोन वुल्फ’ आक्रमण रोक्न
शिन्जो आबेको हत्या पछि ‘लोन वुल्फ’ आक्रमण रोक्न जापानमा प्रहरीको संख्या दोब्बर
Lokmani Rijal
देश पोष्ट /जापान । जापानका पुर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या पछि ‘लोन वुल्फ’ आक्रमण रोक्न जापानमा प्रहरीको संख्या दोब्बर बनाइएको छ । सन् २०२२ को जुलाईमा जापानका पुर्वप्रधानमन्त्री आबेको गोली हानी हत्या भएपछि यस्तो किसिमको आक्रमण रोक्न जापानमा प्रहरीको संख्या दोब्बर बनाइएको बुझिएको छ । निर्वाचनको समयमा यस्ता एकल आक्रमणको खतरा बढी हुने भएकाले आउँदो जुलाई २० मा हुने माथिल्लो सदनको निर्वाचनलाई लक्षित गरी राष्ट्रीय प्रहरी एजेन्सीले एक अस्थायी सूचना केन्द्रसमेत स्थापना गरेको छ । शिन्जो आबे र सन् २०२३ को अप्रिलमा तत्कालीन प्रधानमन्त्री फुमियो किशिदामाथि भएको आक्रमण दुवै एकल आक्रमणकारीद्वारा
















