शिलान्यास गरेको ३१ वर्षपछी महुरे–फोक्सिङटार सडक
शिलान्यास गरेको ३१ वर्षपछी महुरे–फोक्सिङटार सडक तेस्रो पटक कालोपत्रेका लागि शिलान्यास
Lokmani Rijal
देश पोष्ट /खोटाङ । सगरमाथा लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक शिलान्यास गरेको ३१ वर्षपछी तेस्रो पटक कालोपत्रेका लागि शिलान्यास भएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको उक्त सडक कालोपत्रेका लागि आइतबार नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको काम शुभारम्भ गर्नुभएको हो । ठेकेदारको चरम लापरबाहीले समयमा कालोपत्रको काम सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौतागरी पुनः कालोपत्रको काम शुरु गरेको मन्त्रालयले जनाएकाे छ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका
















