संविधान दिवस
खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन गरिएको छ । संविधान दिवस २०८० को अवसरमा संविधान दिवस जिल्ला समारोह समिति खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सहभागी अतिथिहरुले संविधानको विभिन्न भाग वाचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् पूर्वसांसद कुलप्रसाद फुयाँलले संविधानको प्रस्तावना वाचन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले संविधानको भाग १७ मा व्यवस्था गरिएको स्थानीय कार्यपालिका, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संविधानको भाग १७ मा व्यवस्था गरिएको नागरिकता,
















