संविधान संशोधन
सत्ता गठबन्धन दलको बैठकमा संविधान संशोधनको विषय प्रवेश
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धन दलको बैठकमा संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी भएको छ । बैठकले संविधान संशोधनका लागि राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको नेताहरुको भनाई रहेको छ । कांग्रेस र एमालेबीच गएको असारमा भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ । यसैलाई मुख्य प्राथमिकतामा राखेर सत्तारूढ दलको बैठकमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई अवाञ्छित रुपमा गरेको टिप्पणीमा पनि
















