सगरमाथा आरोहण गर्ने महिला८५ मुलुकका ८ सय ७० जना पुगे
जुनको ताबेईले शुरु गरेको महिला सगरमाथा आरोहण ८५ मुलुकका ८ सय ७० जना पुगे
Lokmani Rijal
देश पोष्ट /जापान । जापानी महिला पर्वतारोही जुनको ताबेइले शुरु गरेको विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने महिलाको संख्या एक हजार नजिक पुगेको जानकारी प्राप्त भएको छ । सन् १९७५ को मे १६ मा जापानकी जुनको ताबेईले सगरमाथाको चुचुरोमा पाइला राख्दै इतिहास रचिन् । उनी सगरमाथा चढ्ने पहिलो महिला थिइन् । पाँच दशकपछि, हिमालयन डाटाबेसका तथ्यांकअनुसार महिलाहरूले ९६२ पटक सगरमाथा सफलतापूर्वक चढिसकेका छन् । पुरुषहरूले भने ११ हजार ९५५ पटक यो शिखर चढेका छन् । आजसम्म ८५ मुलुकका ८ सय ७० जना महिलाहरूले सगरमाथा चढिसकेका छन् । तीमध्ये केहीले पटक–पटक
















