सत्ता समीकरण
सत्ता समीकरण भत्काउने नेपाली कांग्रेसको नियत : महासचिव पोखरेल
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । लगातार संसद अवरोध गर्न खोज्ने नेपाली कांग्रेसको अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुन सक्ने नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको भनाई रहेको छ । पार्टीको बिर्तामोड नगर कमिटीको हिजो आयोजित दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको भन्दै संसद अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गर्नु भएको छ । कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको महासचिव पोखरेलल दाबी गर्नु भएको छ । बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको
















