सन्दीपलाई विश्वकप खेल्न पठाउने
सन्दीप लमिछानेले सफाई पाएसंगै विश्वकप खेल्न पठाउने क्यानको घोषणा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । जबरजस्ती करणीको मुद्धा खेपि रहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएसंगै नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिश्वकप खेल्न पठाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस अघि लामिछानेलाई लाएको प्रतिबन्ध पनि हिजै फुकुवा गर्नुका साथै आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने बताउनुभयो । नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।
















