सर्पको टोकाइबाट
सर्पको टोकाइबाट कैलाली र डोटीमा तीनको मृत्यु
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । सर्पको टोकाइबाट कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलियामा हिजो सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको ज्यान गएको हो । स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको ज्यान गएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिनुभयो । सर्पले डसेर बिरामी बालिकाकी हजुरआमा रिजु घर्तीमगरको बडैपुरको सर्पदंश उपचार केन्द्रमा उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । यस्तै डोटीको आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पकै टोकाइबाट ज्यान गएको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा हिजो
















