सवारीलाई ह्वीललक
खोटाङमा अब्यबस्थीत पार्किङ गरिएका सवारीलाई ह्वीललक लगाएर चेतावनी ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल स्थीत सोल्मा र आचार्यगाँउमा रहेको बसपार्कमा गाडी अनिबार्य पार्किङ गर्ने पटक पटक सहमती भएपनि कार्यान्वयन नगरी जथाभावी सडक छेउमा पार्किङ गरिएका सवारीलाई ट्राफिक प्रहरी द्धारा ह्वीललक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको टोलिले अनुगमनकाक्रममा अब्यबस्थीत हिषावले सडक किनारामा पार्किङ गरिएका ना १ ज ५३ २१ ना १ ज २९८५ को टाटा सुमोलाई ह्वीललक लगाएको जानकारी दिएको छ । उक्त सुमो सडकमा पार्किङ गरेर राखेको अवस्थामा भेटिएकोले चेतावनीको लागि ह्वीललक लगाइएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी
















