सशक्त संसद्
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आज सकिँदै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आज समापन हुँदै छ । हिजो देखी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन भएको २ दिने प्रशिक्षण आज सकिँदै छ । सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् । साथै, सह महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने
















