सांस्कृतिक अध्ययन
जन्तेढुङ्गाको बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाको विस्तृत सांस्कृतिक, धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका विषयहरूको अध्ययन सहित बृहत् सांस्कृतिक अध्ययन पुस्तक सार्वजनिक गरेको छ । संस्कृतिविद अनुसन्धानकर्ता डा. भक्त राई, शुभ मुकारुङ र प्रविण पुमाले खोज अनुसन्धान गरि प्रकाशनमा आएको पुस्तक जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । पालिका भित्रका विभिन्न जातजातिको पहिचान, लोकमिथकहरु, प्रचलित मौलिक संस्कृति, भाषा, भेषभूषा, लोक परम्परालगायतका विषयहरू समावेश गरिएका छन् । यसका साथै, पालिकाभित्र अवस्थित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको जानकारी र गाउँपालिकाको विकासका आधारहरू समेटिएका छन् । गाउँपालिका
















