साईकल यात्रीले नियम उल्लङ्घन गरे
जापानमा साईकल यात्रीले नियम उल्लङ्घन गरे जरिवाना हुने
Lokmani Rijal
देश पोष्ट/जापान । जापानले सन् २०२६ अप्रिलदेखि नयाँ संशोधित सडक यातायात ऐन लागू गर्ने भएसंगै साइकल यात्रीलाई पनि जरिवाना हुने भएको छ । जसअनुसार मोबाइल फोन चलाउँदै साइकल चलाउने वा ट्राफिक बत्तीको पालना नगर्ने जस्ता साना उल्लङ्घनका घटनामा पनि जरिवाना गरिने कुरा प्रहरी कार्यालयले बिहीवार जानकारी दिएको छ । अप्रिल १, २०२६ देखि १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई यस्ता साना उल्लङ्घनका लागि “ब्लू टिकट” दिइनेछ । यो ब्लू टिकट प्रणाली अन्तर्गत जरिवाना तिरेपछि अभियोग लगाईनेछैन । यसले करिब १ सयभन्दा बढी किसिमका सवारी उल्लङ्घनहरू समेट्नेछ । जापान सरकारले साइकल
















