साकेलामा श्रमदान अभियान
साकेलामा श्रमदान अभियान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको साकेला गाउँपालिका खोटाङमा जनश्रमदान अभियान सञ्चालन भइरहेको छ । श्रमदान अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने लगायतका काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध जेसिबी र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीको साथमा दिनहुँ जनश्रमदानमा भेटिनुहुने गाउँपालिका अध्यक्ष
















