साढे २ करोडको भेपसहित सिन्धुपाल्चोकमा एकजना पक्राउ
साढे २ करोडको भेपसहित सिन्धुपाल्चोकमा एकजना पक्राउ
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । सिन्धुपाल्चोकमा साढे २ करोड बराबरको (विद्युतीय चुरोट) अवैध भेप सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । बाह्रबिसे नगरपालिका–३ खाग्दलबाट अवैध रुपमा ल्याउँदै गरेको ७ हजार ७०० वटा भेपसहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बरामद भेपको अनुमानित मूल्य २ करोड ६९ लाख ५० हजार रहेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककै जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामुकुमार श्रेष्ठ रहेका छन् । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले श्रेष्ठलाई प्रदेश०३–०१–०२४च९२१९ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिएको हो ।
















