साफ च्याम्पियनशिप
अण्डर ट्वान्टी साफ च्याम्पियनशिप फुटबल उपाधिको खेल आज हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । अण्डर ट्वान्टी साफ च्याम्पियनशिप फुटबल उपाधिका लागि नेपाल र बङ्गलादेशको प्रतिस्पर्धा हुने भएको छ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा प्रबेश गरेको थियो । गत संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि हात पारेकोे थियो ।
















