साफ च्याम्पियनसिप फुटबल
आज उद्घाटन हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल र श्रीलङ्का खेल्दै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । एन्फा कम्प्लेक्सको मैदानमा आज देखी हुने दक्षिण एसियाली साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता उद्घाटन खेलमा नेपाल र श्रीलङ्का बिच खेल हुने भएको छ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन् । २० वर्षमुनिको साफ च्यापिम्यनशिप
















