सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे
सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय सभा सदस्य तथा नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको आज दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम रहेको छ । घुस डिल अडियो प्रकरणमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताले नैतिकताका आधारमा राजिनामा दिएपछी न्यौपानेलाई मन्त्री पदमा हिजो नियुक्त गरिएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा मेयर हारेकी भगवती न्यौपाने राष्ट्रिय सभा सदस्य हुँदै अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन् । राष्ट्रिय सभा निर्वाचनमा विजयी भएकी न्यौपानेको ६ बर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ । पराजित भए पनि पार्टीको सिफारिसमा निरन्तर अवसर
















