सामुदायिक वन दिवस
सामुदायिक वन दिवसको अवसरमा महुरेगढीमा ६०० गुराँसका बिरुवा रोपियो
Lokmani Rijal
देश पोष्ट /खोटाङ । सामुदायिक वन दिवसको अवसरमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१३ स्थीत किराँत ऐतिहासिकस्थल महुरेगढीमा लाई सौन्दर्यकरण गर्नका लागि ६०० वटा राष्ट्रिय फूल लालीगुराँसका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय खोटाङले निःशुल्क उपलब्ध गराएको ६०० वटा लालीगुराँसका बिरुवा शरक्रबार रोपिएको नुनथलाका वडाध्यक्ष भगेश्वर राईले जानकारी दिनु भएको छ । सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर किराँत ऐतिहासिकस्थल महुरेगढीमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय खोटाङका डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । ‘सामुदायिक वनको प्रभावकारिता, तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ
















