सामुदायिक विद्यालय ब्यवस्थापन महासंघको अध्यक्षमा काशिनाथ दंगाल निर्विरोध
सामुदायिक विद्यालय ब्यवस्थापन समिती महासंघको अध्यक्षमा काशिनाथ दंगाल निर्विरोध
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । देशभरका सामुदायिक विद्यालयहरुको छाता संगठन सामुदायिक विद्यालय ब्यबस्थापन समिती महासंघको तेस्रो राष्ट्रिय सम्मेलन बाट काशिनाथ दंगाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो उद्घाटन भएको सम्मेलनको बन्दसत्र बाट आज दंगालको अध्यक्षतामा ३२ सदस्यिय कार्यसमिती निर्वाचित भएको हो । उपाध्यक्षमा ज्ञान बहादुर लो,राम बहादुर टमटा,श्याम सुन्दर महतो,महिला उपाध्यक्ष सीता स्याङ्तान,महाचिव बिरेन्द्रराज बिष्ट,सचिव समिम खान्,प्रेम बहादुर थोकर,महिला सचिव कमला पन्थी,कोषाध्यक्ष उषा सिम्खडा निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जानकारी गराएको छ । उद्घाटन सत्रमा आयोजित कार्यक्रमका प्रमुख अथिती त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले सामुदायिक विद्यालयको
















