सामुहिक बलात्कार
९ बर्ष अघि सामुहिक बलात्कार गरी फरार युवक पक्राउ पछी जेल चलान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा ९ बर्ष अघि सुस्त मनस्थितिकी १४ वर्षीया नावालिकालाई सामुहिक बलात्कार गरी फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई पक्राउ गरी जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वि.सं. २०७२ माघ–१८ गते राति आफन्तकोबाट घर फर्कदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामुहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि हिजो (सोमबार) कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ । सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि वि.सं. २०७२ माघ–२० गते आफन्तले दिएको जाहेरीको आधारमा जिल्ला अदालत खोटाङले वि.सं.
















