सिँचाइ विकास डिभिजन कार्यालय खोटाङ
सिँचाइ विकास डिभिजन कार्यालय खोटाङद्धारा उपभोक्ता समिति र कर्मचारीलाई सम्मान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ । दिक्तेलस्थित कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो । वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ । दुवै समितिले गुणस्तरीय
















