सिन्धुपाल्चोक
सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो वर्षा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा परेको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मकवानपुरमा ६३.६ मिलिमिटर र डोटीमा ६४.६ मिलिमिटर पानी परेको छ । राति सोलुखुम्बुसहित पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेशमा अझै पानी पर्न सकेको छैन । मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो केही
















