सिमताल पहिरोमा
नारायणगढ मुग्लिङ सडक खण्डको सिमताल पहिरोमा परी दुइटा बसका ६५ यात्रु बेपत्ता
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । काठमाडौँबाट गौर हिडेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस नारायणगढ मुग्लिङ सडक खण्डको सिमताल पहिरोमा परी दुइटा बसका ६५ यात्रु बेपत्ता भएका छन् । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेकोले बगाएको प्रहरीको भनाई रहेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको र
















