सुडान
सुडानको अल–फाशरमा झडप हुँदा दुई सय बिस बढीको ज्यान गयो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । सुडानको अल–फाशरमा झडपमा परी दुई सय २० जनाभन्दा धेरैको ज्यान गएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको पछिल्लो झडपमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार सय जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । निरन्तरको हवाई आक्रमण र गोलाबारीका कारण घाइतेले उपचार पाउनसमेत सकिरहेका छैनन् । एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले अल–फाशरमा अवस्था अराजक बनेको बताएको भनिएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको शहर हो । यो शहर सुडानी
















