सुनकोशीमा पौडी खेल्दा
सुनकोशीमा पौडी खेल्दा खोटाङका सविन राई बेपत्ता
Lokmani Rijal
देश पाेष्ट /खोटाङ । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राई शनिबार बेपत्ता भएका छन् । डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजेको समयमा सुनकोशीले बगाएको जानकारी प्राप्त भएको वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभएको छ । सुनकोशी बेपत्ता भएको जानकारी प्राप्त भएलगत्तै स्थानीयहरुले सविनलाई खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो । बेपत्ता सविनलाई वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको जनाइएको छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट खटिएका प्रहरीहरुसमेत घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय
















