सुन तस्करी
१४ किलो सुन तस्कर ८ जनालाई नै थुनामा पठाउन आदेश
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना प्रतिवादीलाई थुनामा पठाउन उच्च अदालतले आदेश भएको छ । उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको हो । जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउन आदेश दिएपछि उनीहरू उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गरेर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
















