सुप्रभात काव्य गोष्ठी
सुप्रभात काव्य गोष्ठीमा वाङ्मय सौरभ विमोचन,शोधकर्ता दाहाललाई सम्मान ।
Lokmani Rijal
देश पोष्ट काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानको शुभप्रभात काव्य गोष्ठी वाङ्मय सौरभ सार्वजनिकीकरण तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानले विगतमा नागार्जुन त्रैमासिक पत्रिकामा साहित्यिक योगदानमा शोध गरेका तेजन दाहाललाई सम्मान गरेको छ । दाहालले १५ बर्ष अघि (२०६६) रत्नराज्य लक्ष्मी क्यापसको एमए नेपाली विषयको लागि सो प्रतिष्ठानमार्फत् प्रकाशित हुने नागार्जुन द्वैमासिक पत्रिकामा साहित्यिक योगदान भन्ने विषयमा शोधपत्र तयार गरेका थिए । वाचित रचनामाथि डा. हरिप्रसाद सिलवालले समीक्षा गरेका थिए । समालोचक डा.विनोद मञ्जनले वाङ्मय सौरभको समीक्षा गरेका थिए भने डा. यज्ञ निरौलाले सौरभको
















