सूर्यविनायक
१६औं नगरसभा बाट सूर्यविनायकको २ अर्ब २४ करोड बजेट प्रस्तुत
Lokmani Rijal
देश पोष्ट /भक्तपुर । १६औं नगरसभा बाट सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड प्रस्तुत भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट अनुमान गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम सार्वजनिक गरेसंगै उक्त नीति तथा कार्यक्रमलाई आधार मानी निर्माण गरिएको बजेट उपप्रमुख सरिता तिमसिना भट्टराईले प्रस्तुत गर्नु भएको हो । नगरपालिकाले कुल बजेटको ४५.३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको छ ।
















