हलेसी तुवाचुङ नगरपालिकाका ११६ घर लाई जग्गा उपलब्ध गराउन निस्सा वितरण
हलेसी तुवाचुङ नगरपालिकाका ११६ घर लाई जग्गा उपलब्ध गराउन निस्सा वितरण
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपलिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवास गरेका ११६ घर लाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरेको छ । भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन मङ्गलबार निस्सा वितरण गरिएको जानकारी प्राप्त भएको छ । निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस
















