हाजिर जमानीमा रविन्द्र मिश्र थुनामुक्त
हाजिर जमानीमा रविन्द्र मिश्र थुनामुक्त
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै थुनामा रहेका रबिन्द्र मिश्रकी श्रीमती सारिका कार्कीले गत वैशाख ३० गते सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएपछी शुक्रबार सर्वाेच्चले थुनामुक्त गर्न आदेश दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । मिश्रमाथि गएको मङ्गलवार ८ औं पटक थप ५ दिन म्याद थप भएको थियो । गएको चैत १५ गते राजावादीहरूले काठमाण्डौको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले त्यही दिन मिश्रलाई पक्राउ गरेको
















