हानेदा विमानस्थलमा यात्रुको नगद चोरेको अभियोगमा सुरक्षा निरीक्षक पक्राउ
हानेदा विमानस्थलमा यात्रुको नगद चोरेको अभियोगमा सुरक्षा निरीक्षक पक्राउ
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको नगद चोरेको अभियोगमा एक सुरक्षा निरीक्षक पक्राउ परेको खबर सार्वजनिक भएको छ । जापानी संचार माध्यमका अनुसार पक्राउ परेका व्यक्ति २१ वर्षीय र्यु माचुमोतो हुन्, जो हानेदा विमानस्थलमा एयरलाइन्सको तर्फबाट हातमा बोकिने ब्यागेज निरीक्षण गर्ने एक सुरक्षा कम्पनीका कर्मचारी हुन् । प्रहरीले जनाए अनुसार माचुमोतोले सेप्टेम्बर १३ का दिन साँझ करिब ६ः३० बजे, टर्मिनल १ को घरेलु सुरक्षा निरीक्षण क्षेत्रमा एक ३० वर्षको यात्रुको नगद ९० हजार येन चोरी गरेका थिए । यात्रुले आफ्नो ब्याकप्याकसँगै नगद पनि ट्रेमा राखेका थिए ।
















