हाफ म्याराथन प्रतियोगितामा
दिक्तेलमा सम्पन्न हाफ म्याराथन प्रतियोगितामा उपाधी राममायाँ बुढा र गजेन्द्र राईको पोल्टामा
Lokmani Rijal
देश पोष्ट /खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत सोमबार आयोजना गरिएको २१ दशमलव ०९७ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगिता हिजो सम्पन्न भएको छ । सम्पन्न खुला महिला÷पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले चुमेकाछन् । उपाधि विजेता बुढा र राईले जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उपाधि विजेता बुढा र राईलाई कार्यक्रमका प्रमुख अतिथि म्याराथन धावक बैकुण्ठ मानन्धर, जिल्ला समन्वय समिति खोटाङका
















