हितेन्द्र लाइ हटाइएर सिलवाल नयाँ एमडी
हितेन्द्र लाइ हटाइएर सिलवाल नयाँ एमडी,शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ नियुक्त गरिने ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अन्तरिम सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको छ । गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछी ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई हटाउँदै आफ्नो नजिकका सहयोगी मानिने सिलवाललाई नियुक्त गराएका छन् । घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेयता शाक्यलाई हटाउने चर्चा चल्दै आएको थियो ।
















